Saturday 31st October 2026

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीका वारेमा अस्लिल पोष्ट गर्ने पक्राउ


तितोपाटी डट कम – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका बारेमा फेसबुकमा जथाभावी लेख्ने र पोष्ट गर्ने यहाँका एक युवकलाई प्रहरीले पक्राउ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौं लगेको छ ।

प्रहरीले कावासोती नगपालिका–१ कोइलापानीका जुंगे भनिने सुरज भुसाललाई सोमबार उनकै घरबाट पक्राउ गरेको हो ।

भुसालले दुई साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा प्रधानमन्त्री ओली र मोदीको अंगालो हालेको फोटोमा मोदीको टाउकोमा राष्ट्रपति विद्यादेवी भण्डारीको टाउको जोडेर जथाभावी लेखेका थिए ।

पूर्वी नवलपरासीका निमित्त प्रहरी प्रमुख लालध्वज सुवेदीले केन्द्रीय अनुसन्धान ब्यूरोले भुसालको फेसबुक स्टाटसका आधारमा पक्राउ गरेर बुझाउनु भन्ने आदेश दिएकाले भुसाललाई पक्राउ गरेर काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बुझाइदिएको बताए ।

भुसाललाई साइबर क्राइम अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...