Sunday 6th September 2026

प्रेम विवाह गरेका जोडीहरूको सम्बन्ध विच्छेदको उजुरी बढ्दै


तितोपाटी डट कम – पुरुषले सम्बन्ध विच्छेदको उजुरी दिएका घटनाहरु विरलै मात्र सुन्न पाइन्थ्यो । महिलाले सम्बन्ध विच्छेद गर्न चाहेको खण्डमा सिधै अदालत जान पाउने अधिकार छ । पुरुषले स्थानीय तहबाट शिफारिस लिनुपर्ने प्रावधान भएपछि पछिल्लो समय महानगरको न्यायीक समितिमा उजुरी लिएर धाउने गरेका छन् । सम्बन्ध विच्छेद गर्ने मनसायले परेका उजुरी मेलमिलाप गर्न न्यायीक समितिलाई हम्मे पर्छ ।

महानगरपालिकाको कानुन शाखा स्रोतका अनुसार सम्बन्ध विच्छेदका ६३ उजुरी परेका थिए । २७ वटा अदालती प्रक्रियामा गएका छन् । बााकी ३६ वटा कार्यान्वयनको चरणमा छन् । ०७४ देखिका उजुरीहरु समेत यसअघि स्थानीय निकायले हेर्दै आएका थिए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि न्यायीक समितिले हेर्न थालेको हो । उसले मंसिर १० देखी उजुरी हेर्न थालेको हो ।

सम्बन्ध विच्छेदका लागि आउनेहरु अन्यत्र घर भइ काठमाडौमा बसोबास गर्नेहरु बढि आउाछन् । सुरुमा एकअर्काप्रतिको मायाप्रेममा परेर आनीबानी थाहै नपाइ भएका विवाहित जोडिहरु बढि छन् । मेलमिलापको क्रममा बयान दिने बेला यस्ता कारण खुलाउने जोडीहरु थुप्रै भेटिने गरेको उपमेयर खड्गीले बताइन् । भविश्य खोज्दै काठमाडौ छिरेका बाहिरी जिल्लाका युवायुवतीहरु व्यवहारिक रुपमा परिपक्व नभइ विवाह गरेर सम्बन्ध विच्छेदको अवस्थामा पुग्ने गर्छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ।…

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

प्रतिकृयाहरू
...