Sunday 1st November 2026

प्रेम विवाह गरेका जोडीहरूको सम्बन्ध विच्छेदको उजुरी बढ्दै


तितोपाटी डट कम – पुरुषले सम्बन्ध विच्छेदको उजुरी दिएका घटनाहरु विरलै मात्र सुन्न पाइन्थ्यो । महिलाले सम्बन्ध विच्छेद गर्न चाहेको खण्डमा सिधै अदालत जान पाउने अधिकार छ । पुरुषले स्थानीय तहबाट शिफारिस लिनुपर्ने प्रावधान भएपछि पछिल्लो समय महानगरको न्यायीक समितिमा उजुरी लिएर धाउने गरेका छन् । सम्बन्ध विच्छेद गर्ने मनसायले परेका उजुरी मेलमिलाप गर्न न्यायीक समितिलाई हम्मे पर्छ ।

महानगरपालिकाको कानुन शाखा स्रोतका अनुसार सम्बन्ध विच्छेदका ६३ उजुरी परेका थिए । २७ वटा अदालती प्रक्रियामा गएका छन् । बााकी ३६ वटा कार्यान्वयनको चरणमा छन् । ०७४ देखिका उजुरीहरु समेत यसअघि स्थानीय निकायले हेर्दै आएका थिए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि न्यायीक समितिले हेर्न थालेको हो । उसले मंसिर १० देखी उजुरी हेर्न थालेको हो ।

सम्बन्ध विच्छेदका लागि आउनेहरु अन्यत्र घर भइ काठमाडौमा बसोबास गर्नेहरु बढि आउाछन् । सुरुमा एकअर्काप्रतिको मायाप्रेममा परेर आनीबानी थाहै नपाइ भएका विवाहित जोडिहरु बढि छन् । मेलमिलापको क्रममा बयान दिने बेला यस्ता कारण खुलाउने जोडीहरु थुप्रै भेटिने गरेको उपमेयर खड्गीले बताइन् । भविश्य खोज्दै काठमाडौ छिरेका बाहिरी जिल्लाका युवायुवतीहरु व्यवहारिक रुपमा परिपक्व नभइ विवाह गरेर सम्बन्ध विच्छेदको अवस्थामा पुग्ने गर्छन् ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...