सिन्धुपाल्चोक– ६ किलो घुम्ति दुर्घटनामा बसका चालक स्वयम् सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ।जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र झण्डै नौ महिने काखे शिशु (छोरा) लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए। फर्कँदासुमनले हाँकेको बा२ख ४४६८ नम्बरको बस दुर्घटना भयो। दुर्घटनामा चालक सुमनले पत्नी गुमाए। दुर्घटनामा…
तितोपाटी - घरमा पकाउनलाई सामल छैन् भन्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ मा एक महिला आफ्नै श्रीमानको कुटाइबाट थला परेकी छिन्। दलित बस्तीकी ३० वर्षीया मञ्जुदेवी खंग श्रीमान ३५ वर्षीय राजकुमार खंगको निर्घात कुटपिटबाट थला परेकी हुन्। कुटपिटबाट बेहोस मञ्जुको आँखा, अनुहार र शरीरभरी चोटपटक लागेको छ। अवस्था गम्भीर भएपछि चिकित्सकले…
तितोपाटी-दोलखाको कालिन्चोकबाट भक्तपुर जादै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको बसआज बिहान सुनकोशी ७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक…
लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । । शनिबार भएकाे परीक्षामा विभिन्न केन्द्रबाट सहभागी भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिए । श्रीकृष्ण संस्कृत तथा साधारण…
तितोपाटी - धनुषामा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको एसपी राजेन्द्र चौधरीले जानकारी दिए। उनकाअनुसार सोही…
तितोपाटी - हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्। मनाङ र मुस्ताङ मात्रै नभएर सबै हिमाली जिल्लाहरूमा हिमपात भएको…
तितोपाटी - हुम्लामा हिमपात हुँदा त्यहाँको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ।…
तितोपाटी-रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ। गत वर्ष एक सय १० जना किशोरीहरूलाई फिर्ता गरिएको थियो। गत वर्षदेखि २० वर्ष नपुगेकालाई केरुङ जान अनुमति…
तितोपाटी-बाँके– जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ। जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४ सय ५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ। तथ्याङ्क अनुसार एक हजार १ सय ५५ सामाजिक हिंसाका…
तितोपाटी-वैदेशिक रोजगारको क्षेत्रमा ठग्ने गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याएर कारवाही गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले ठगी गर्ने म्यान पावरलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले सीप सिकेरमात्र वैदेशिक रोजगारमा जान युवासँग…
![]()