प्रतिनिधिसभा विघटन बदनियत र असंवैधानिक भएको प्रतिनिधसभा विघटनविरुद्धका मुद्दाका एमीकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बताएका छन् । संवैधानिक इजलासलाई प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा राय दिने क्रममा मंगलबार वरिष्ठ अधिवक्ता कार्कीले प्रतिनिधिसभा विघटनको कारण हेर्दा बदनियत र असंवैधानिक भएको देखिएको बताए । 'पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु मालाफाइड…
तीतोपाटी - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन । घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो…
तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोेट नयाँपुलबाट सोमबार पक्राउ परेका हुन् ।अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा…
तितोपाटी- कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेका छन् । उद्धारकर्ताहरुले तीन सय भन्दा बढीलाई जिवितै उद्दार गरेका छन् । रातको समयमा भएको…
तितोपाटी- महिला कानून व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् । नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेटी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानूनी कारबाहीको दायरामा ल्याई पीडित र…
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका उपलब्धिहरुको फेहरिस्त प्रस्तुत गर्ने क्रममा विगत तीन वर्षको अवधिमा कुल ८९ वटा नयाँ कानुन निर्माण भएको र संविधानसम्मत नभएका सयौं कानुन संशोधन गरिएको जिकिर गरेका छन् । सोमबार सिंहदरवारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षको अवधिमा कानुन निर्माणमा…
तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताउएका छन् । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस बिफ्रिङमा उनले ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र…
तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले उहिलेका राजामहाजाको जस्तो नक्कल गरिरहेको टिप्पणी गरेका छन् । तर ओलीले प्रतिगमनको बाटो पक्रिसकेको भन्दै प्रचण्डले उनले हारिसकेको बताए । सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै…
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३५ जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक…
तितोपाटी- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताएका छन् । विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति यथेष्ट भएपनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताएका छन् । उनले आर्थिक स्रोत साधनका कारण…
![]()