एजेन्सि- टर्किको एक नाइट क्लबमा आगलागीहुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको मृत्यु भएको र अझ धेरै मानिसहरू गम्भीर घाइते छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द रहेको…
ताइवानमा शक्तिसाली भूकम्प गएको छ । बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।…
ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। अहिलेसम्म भूकम्पको कारण ४ जना हताहत भएको खबर…
एजेन्सि- टर्कीको प्रमुख विपक्षी दलले इस्तानबुल र अंकारामा स्थानीय चुनावमा ठुलो जित हासिल गरेको छ । यी परिणामहरू देशका राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो झटका लागेको विश्लेषण गरिएको छ । गत वर्ष तेस्रो पटक राष्ट्रपतीय चुनाव जितेका एर्दोगानले स्थानीय चुनावमा पनि राम्रो प्रदर्शन गर्ने आशा राखेका थिए । इस्तानबुल…
अमेरिले इजरायललाई अर्बौं डलरको बम र लडाकु विमान निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ । दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्र संघले समेत युद्ध विरामको पक्षमा मतदान गरिसकेको अवस्थामा जो बाइडेन प्रशासनले इजरायलाई बम र लडाकु अमेरिकाबाट निर्यात गर्न स्वीकृति दिएको हो । यो…
साउदी अरबको एक चर्चित मस्जिदमा अब रोबर्टले जानकारी दिने कार्य सुरू गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)प्रयोग भएको रोवर्ट साउदी अरेबियाको ग्रान्ड मस्जिदमा प्रयोग भइरहेको हो । यस मस्जिदका धेरै ठाउँमा रोबोट जडान गरिएको छ, जसले रमजान महिनामा मस्जिदमा आउने भक्तजनको अनुभव सोध्ने काम गर्ने छ । रोबोटमा ठूलो स्क्रिन…
हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएपछि इजरायलले गाजामा यद्दविरामको लागि वार्ता गर्न सहमति जनाएको छ । गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार सहमति जनाएका हुन । वार्तामा अगाडि बढ्नका लागि दिशानिर्देशहरूको साथ इजरायलले वार्ता अन्त्य…
दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झन्डै ५० मिटर तल खस्दा ४५ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एकजना आठ वर्षीया बालिका जीवित भेटिएकी छन्। उनको अवस्था गम्भीर छ र अहिले अस्पतालमा उपचार भइरहेको छ। उक्त बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बारमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो र खसेपछि त्यसमा आगो लागेको थियो।…
जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् । जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि फिर्ता मागेको थियो भने अधिकारीहरूले गुनासोलाई सम्बोधन गर्न अनुसन्धान सुरू गरिसकेका छन् ।…
थाइल्यान्डको तल्लो सदनले समलिंगी विवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । योसँगै थाइल्यान्ड छिट्टै समलिंगी विवाहलाई मान्यता दिने देश बन्ने भएको छ । संसद्का ४१५ मध्ये ४०० सांसदले विधेयकको पक्षमा मत दिएका थिए भने सांसदले विधेयकको विपक्षमा मत दिए । बुधवार तल्लो सदनमा पारित भएको विवाह समानता…