यस हप्ता बुधबार, जब हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानिया इरानमा थिए, उनी आक्रमणमा मारिए। अब इरानले उनको कसरी मृत्यु भयो र कहाँबाट आक्रमण गरियो भन्ने विवरण दिएको छ । हानियाको शुक्रबार कतारमा अन्त्येष्टि गरिएको थियो । तर इरानको राजधानी तेहरानमा उनको मृत्यु कसरी भयो भन्ने अझै रहस्य नै छ…
इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाहलाई आक्रमण गरेको केही घण्टापछि र मध्य पूर्वमा तनाव बढेको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले मङ्गलबार आत्मरक्षामा इराकमा आक्रमण गरेको अमेरिकी अधिकारीले रोयटर्सलाई बताए। नाम न छाप्ने सर्तमा बोलेका अधिकारीले अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई खतराका कारण हमला गरिएको बताए । इराकको पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) द्वारा…
लेबनानी समूह हिजबुल्लाहले दक्षिणी बेरुतमा इजरायली आक्रमणमा आफ्ना वरिष्ठ कमाण्डर फुआद शुक्र मारिएको पुष्टि गरेको छ। हिजो साँझमा लेवनानको राजधानी बेरुतमा उनी बसेको घरमा आक्रमण गर्दा उनी मारिएका छैनन भनिएको थियो । हिजो रातीको विहान अर्थात अन्दाजी आज विहानको २ बजे तेहरानमा हमासका राजनैतिक व्युरोका प्रमुख ईश्मायल हनियाको हत्या भएको…
पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा जग्गा विवादमा ४३ जनाको मृत्यु भएको छ । यो घटना कुर्रमको पारा चिनारको उपनगर बुशेहराको हो। यो विवादको केन्द्रमा ३० एकड अर्थात करिब १०० कनाल जग्गाको स्वामित्व रहेको छ । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने जनजातिबीचको हो । अधिकारीका अनुसार ६ दिनअघि सुरु…
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा विश्वविद्यालयका विद्यार्थीहरूको प्रदर्शनका क्रममा कम्तिमा १७४ जनाको मृत्यु भएको बताइएको छ । जारी प्रदर्शनमा अहिलेसम्म २ हजार ५०० पक्राउ परेको मंगलबार एएफपीले जनाएको छ । त्यहाँ सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने सङ्ग्राममा लडेका स्वतन्त्रता सेनानीका सन्तानलाई गएको हप्ता सरकारी जागिरमा एक तिहाइ आरक्षण दिइने…
गएको शुक्रबार माइक्रोसफ्टद्वारा सञ्चालित कम्प्युटर प्रणालीमा भएको गडबडीको कारण सारा विश्व चिन्तित भएको बेला चीनमा सबै कुरा राम्ररी चलिरहेको थियो । शुक्रबार साइबरसेक्युरिटी फर्म क्राउडस्ट्राइकको अपडेटले माइक्रोसफ्ट प्रणाली चलाउने कम्प्युटरहरूमा निलो स्क्रिन देखा पर्यो र विश्वका धेरै भागहरूमा एयरलाइन्स र अन्य व्यापार सेवाहरू अवरुद्ध भयो, तर चीन भने यसबाट जोगियो…
डेमोक्रेट पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेको कमला ह्यारिसलाई १९३ डेमोक्रेट सांसदको समर्थन पाएकी छन् । राष्ट्रपति जो बाइडेन २०२४ को राष्ट्रपतिको दौडबाट बाहिरिएपछि कमला ह्यारिस राष्ट्रपतिको दौडमा अगाडी बढेकी छन् । उनको पहिलो चुनौती डेमोक्रेट नेताहरुको समर्थन पाउनु रहेको छ । अहिले पनि कैयौं नेताहरुले उनलाई उम्मेदवारको रुपमा समर्थन…
राज्य मिडियाका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) को एक अदालतले खाडी देशमा आफ्नै सरकारको बिरूद्ध प्रदर्शन गरेको आरोपमा 57 बंगलादेशी नागरिकलाई जेल सजाय सुनाएको छ । तीन जना बंगलादेशीलाई आजीवन काराबास, ५३ जनालाई १० वर्षको जेल र एक जनालाई शुक्रबारको प्रदर्शनका क्रममा "भेला र दंगा भड्काउने" अभियोगमा एकदेखि ११ वर्षको…
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मनोवैज्ञानिक डर र डोनाल्ड ट्रम्पलाई हराउन सक्ने क्षमतामा विश्वास गुमाएपछि राष्ट्रपतिको दौड अज्ञात क्षेत्रमा छोडेर चुनावी प्रतिस्पर्दाको अभियानबाट बाहिरिएका छन । एक टेलिभिजन बहस कार्यक्रममा ट्रम्प उनी माथि हावी भए पछि बाईडेनलाई चुनावी दौडबाट बाहिरिन उनकै पार्टीका नेताहरुको दवाव बढेको थियो । आज उनले एक…
तेल अवीवमा ड्रोन आक्रमणको जवाफमा,यमनका हुथी विद्रोहीहरूलाई लक्षित गर्दै इजरायलले शनिबार यमनको अल हुदायदाह बन्दरगाहमा ठूलो हवाई हमला गर्यो। होडेडाह बन्दरगाह इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा छ। यस हमलामा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीका अनुसार इजरायलले बन्दरगाहमा रहेको तेल…