Saturday 29th August 2026

विवादमा प्रियंका


मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनय गरिरहेको अमेरिकी सो ‘क्वान्टिको ३’को अन्तिम भाग प्रियंकाकै लागि समस्या बनेको छ । सोमा देखाइएको एक दृश्यका कारण प्रियंका ट्रोलको शिकार बनेकी छन्।

प्रियंकाको यो सोको तेस्रो सिजनको टिआरपी रेटिङ पनि सोचेअनुरुप माथि जान सकेको छैन । अन्तिम भागको एक दृश्यमा भारतीयलाई मार्ने योजना बनाइरहेको देखाइएको छ । दृश्यमा बममार्फत उक्त व्यक्तिलाई मार्ने अनि सबै दोष पाकिस्तानलाई दिने योजना बनाइएको छ ।प्रियंकाका प्रशंसक र सोका दर्शकले यो कुरा मन नपराएपछि सामाजिक सञ्जालमा प्रियंकाविरुद्ध आक्रोश बढेको हो ।

गत जुन १ मा रिलिज भएको सोमा एमआइटीका एक अध्यापकले युरेनियम पाइरहेको देखाइएको थियो जुन युरेनियममार्फत उनले एक परमाणु बम बनाउँछन् । उनको उद्देश्य न्युर्योकमा हुन लागेको भारत–पाकिस्तानबीचको शिखर वार्तामा बम पड्काएर त्यसको दोष पाकिस्तानलाई लगाउने हुन्छ ।केहीले सोप्रति आक्रोश पनि व्यक्त गरेको छन् । ‘यो तल्लो स्तरको एपिसोडलाई मैले सम्झन सकेकै छैन । उनीहरू हामीलाई के देखाउन चाहन्छन्,’ एक दर्शकले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रियंकाले यो सोको तीन सिजनमा काम गरिसकेकी छन् । उनको एलेक्स पेरिसको भूमिकालाई दर्शकले पनि निकै रुचाएका थिए । केही दिन यता स्वदेशी तथा विदेशी मिडियामा प्रियंकाको प्रेम सम्बन्धलाई लिएर चर्चा परिचर्चा पनि भइरहेको छ । गत मेमा प्रियंकालाई अमेरिकी गायक निक जोन्ससँग केही स्थानमा सँगै भेटिएपछि उनीहरूबीच प्रेम अंकुराइरहेको चर्चा चलेको थियो । प्रियंका बलिउडमा भने करिब तीन वर्षपछि ‘भारत’मा देखिँदैछिन् । अलि अब्बास जफरको निर्देशन रहने फिल्ममा सलमान उनको जोडीकोे रूपमा रहनेछन्।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि बेपत्ता हुनेको संख्या १ हजार ९२४ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ जना तीर्थयात्री भारत फर्किएका छन्। भारतका एक उच्च अधिकारीले तीर्थयात्रीहरूको…

काठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार तथा राहतका लागि १२ भन्दा बढी देशले नेपाल सरकारसँग सहयोगको अनुमति मागेका…

प्रतिकृयाहरू
...