Thursday 14th May 2026

‘सिंहदरबार २’ मा प्रधानमन्त्री बन्दै अभिनेत्री गौरी मल्ल


काठमाडौँ- सर्च फर कमन ग्राउण्ड नेपाल (सर्च) ले टेलिश्रृंखला ‘सिंहदरबार’को दोस्रो सिजन ल्याउने भएको छ । हाल निर्माणको क्रममा रहेको सिंहदरबारको सिजन २ लाई ‘नुमाफुङ’ चलचित्रबाट चर्चामा आएका निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन् । शुभ मिडिया होमले निर्माण गरिरहेको टेलिश्रृंखलामा अभिनेत्री गौरी मल्ललाई फेरि पनि प्रधानमन्त्री आशा सिंहका रूपमा देख्न सकिनेछ ।

‘प्रधानमन्त्री आशा सिंहले आफ्नो कार्यभार सम्हालेकी छिन्, र यसपाली उनी गठबन्धन सरकारको नेतृत्व गर्दैछिन्,’ अभिनेत्री गौरी मल्लले प्रधानमन्त्रीको शैलीमा भनिन् ।

आफ्नो भूमिकाकाबारे अझ प्रष्ट्याउँदै उनी भन्छिन्, ‘सिंहदरबारको दोस्रो श्रृंखलाको अंश बन्न पाउँदा म निकै उत्साहित छु, र त्यो पनि देश साँच्चिकै वृहत राजनीतिक परिवर्तनको बाटो भएर अगाडि बढिरहेको बेलामा । निकै राम्रोसँग अध्ययन र अनुसन्धान गरी तयार पारिएको स्क्रिप्टले नागरिक र नेतृत्वकर्ताहरूका लागि सुशासनको रोडम्यापका रूपमा कार्य गर्नेछ ।’

दोस्रो श्रृंखलाले सिंहदरबारको पर्खालभित्र हुने राजनीतिक दृश्यहरूलाई दर्शकसामू ल्याउनेछ र चुनौतीको सामना गर्दै परम्परागत सोच बदलेर सहकार्यात्मक संस्कारमा अगाडि बढ्न चाहने एक महिला प्रधानमन्त्रीको राजनीतिक यात्राका आरोह अवरोहहरूलाई उजागर गर्नेछ ।

सर्चले गरेको पछिल्लो सर्वेक्षणका अनुसार ६६.७० लाख दर्शकले सिंहदरबारको पहिलो श्रृंखला हेरेका छन् र ८६५ भन्दा धेरैले पहिलो श्रृंखला हेरिसकेपछि देशमा महिला प्रधामन्त्रीलाई स्वीकार गर्न आफू तयार रहेको बताएका छन् ।

१३ भागको श्रृंखलाले वर्तमान समयको राजनीतिलाई प्रतिबिम्बित गर्दछ र देशलाई सकारात्मक बाटोतर्फ अगाडि बढाउनका लागि अघि सरेकी देशकी पहिलो महिला प्रधानमन्त्रीले सामना गर्नु परेका चुनौतीहरूलाई केलाउने प्रयत्न गर्नेछ ।

यो श्रृंखलाले संघीयता, असल शासन, नागरिकको मौलिक हक, समावेशीकरण तथा लैङ्गिक अल्पसंख्यकहरूका अधिकार जस्ता महत्वपूर्ण मुद्दाहरूलाई पनि अगाडि सार्नेछ ।

अमेरिकी सहयोग नियोग (युएसएड)को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड-नेपालले उत्पादन गरेको यो टेलिश्रृंखला यही असारको अन्तिम साता प्रसारण गर्ने लक्ष्य राखिएको छ ।

श्रृंखलाको दोस्रो सिजनमा कलाकारहरू गौरी मल्ल, रमेश रञ्जन झा, प्रमोद अग्रहरि, हेमन्त चालिसे, आलोक थापा, प्रकाश घिमिरे, बादल भट्ट आदि प्रमुख भूमिकामा देखिनेछन् ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...