Sunday 17th August 2025

राैतहटमा २ वटा पुरूषको वेवारिसे शव भेटियो


तितोपाटी – रौतहटमा दुईजना पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका ८ र माधवनारायण नगरपालिका ६ मा ती शव भेटिएको हो । छुट्टाछुट्टै स्थानमा वेवारिसे अवस्थामा रहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

माधवनारायण नगरपालिका ६ को माधोपुरको एक खेतमा ३० वर्षको उमेरका एक पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यसै गरुडा नगरपालिका ८ को जिंगडीयामा पनि एक पुरुषको शव फेला परेको छ । गौर चन्द्रनिगाहपुर सडकखण्डको जिगंडियामा बाटोको नालामा डुबेको अवस्थामा ३५ वर्षका एक पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक चर्तुभुज ओझाले बताए ।

फेला परेका दुवै शवको सनाखत हुन सकेको छैन । शवलाई पोष्टमार्टमा लागि जिल्ला अस्पताल गौर पठाइएको छ  भने घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

-घनश्याम खतिवडा पृष्ठभूमि: संयुक्त राज्य अमेरिकी सरकारले माध्यमिक विद्यालय तहका बालबालिकाहरूलाई आफ्नो रुचिअनुसार मूल पाठयक्रम बाहेकका विषयहरूमा आफ्नो क्षमतालाई बढाउन…

अमेरिकी र रुसी राष्ट्रपतिको बहुचर्चित अलस्का भेटवार्ता ले युक्रेन रसिया युद्धको हल निकाल्न सकेन । तर दुवै नेताहरुले बार्ता सकरात्मक…

प्रतिकृयाहरू
...