तितोपाटी – उदयपुरको त्रियुगा नगरपालिकाको साउनेमा बोल्न नसक्ने एक महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राइका अनुसार सोही स्थानका २० वर्षे युवा किशोर नेपाली करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
अन्दाजी वर्ष ४५ की (रमुमाया) परिवर्तित नाम बोल्न नसक्नेलाई घर नजिकैको जङ्गलमा लगेर जर्वजस्ती करणी गरेको निवेदन परेपछि पक्राउ गरिएको प्रहरी प्रमुख राईले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।