Wednesday 21st October 2026

फेसबुक, गुगल लगायतका डिजिटल सेवामा कर लगाउदै


तिताेपाटी -बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् ।

डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताव गरेका हुन् ।

आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै उनले सोमबार बजेट भाषणमा बेलायती संसदमा डिजिटल व्यवसायको संयुक्त अधिराज्यमा तात्विक महत्व देखिन थालेको र उनीहरूले कर नतिरीकन आफ्ना गतिविधि चलाउने गरेकोमा अब उनीहरूलाई करको दायरामा ल्याइनुपर्ने बताए ।

डिजिटल सेवा कर स्थापित तथा ठूला प्राबिधिक कम्पनीलाई लक्षित गरिएको र यो भर्खर बामे सर्दै गरेका डिजिटल कम्पनीको हकमा भने लागु नहुने बताए । उनले शुरूमा उनीहरूलाई सामान्य करको दायरामा ल्याएर न्युनतम राजश्व उठाउन पहल गर्ने बताए ।

सर्च इन्जिन, सामाजिक सञ्जाल संयन्त्र र बजार डिजिटल सेवाका लागि स्वभाविक स्थान भएकाले यिनीहरूले समाज सुधारमा राम्रो काम गरेकोे तिनीहरूलाई कर कानूनको दायरामा ल्याउने प्रष्ट उदाहरण दिँदै उनले भने तर तिनीहरू कर प्रणालीको दिगोपन र निष्पक्षताका लागि चुनौति भएका छन् । यूरोपेली यूनियनका वित्तीय अधिकारीहरूले प्राविधिक कम्पनीलाई लक्षित गरी नयाँ कर कानूनको प्रस्ताव गरेको अवस्थामा बेलायतले पनि उक्त घोषणा गरेको हो । एएफपी


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...