Wednesday 7th October 2026

सिनामंगलमा फेला पर्यो जलेको अबस्थाको वेवारिशे युवकको लाश


तितोपाटी – काठमाडौंको सिनामंगलस्थित गोल्डेन गेट नजिकै बेवारिसे शव फेला परेको छ । अन्दाजी १७/१८ वर्षको युवकको शव अनुहार र शरिरको लुगा जलेको अवस्थामा कल्भर्ट भित्र फेला परेको महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिए ।

युवकको साथमा लागूऔषध डेनड्राइड फेला परेको छ । आगो तापेर सुत्ने क्रममा जलेको आशंका गरिएपनि पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण थाहा हुने सिंहले बताए । युवकको पहिचान खुल्न सकेको छैन ।

आज बिहान गौशालास्थित प्रहरी बृतले शव फेला पारेपछि अनुसन्धानका लागि थप टोली खटाएको छ। शव कसको हो भन्ने बारे पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर टेकुको टोली समेत आएर थप अनुसन्धान गरेको हो ।


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...