Wednesday 7th October 2026

काठमाण्डुको सोल्टीमोडमा १४ वर्षीया किशोरी बलात्कृत


तितोपाटी – काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा एकजना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । किशोरीलाई कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा युवकलाई पक्राउ गरिएको हो । स्थायी घर जनकपुर भएका २० वर्षका समीर पुलामी सोल्टीमोडमा बस्दै आएका थिए । बलात्कार प्रयास गरेको आरोपमा पुलामीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ ।

किशोरीलाई युवकले कोठामा बोलाएर यौन दुर्व्यवहार गरेपछि किशोरीका परिवारले उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए। उक्त उजुरीको आधारमा पक्राउ परेको युवकमाथि अनुसन्धान सुरु भएको प्रहरीले बताए ।

ती किशोरीलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ का ३० वर्षीय समिर पुलामीले बलात्कार गरेको जानकारी प्रहरीले दिएको छ। पुलामीलाई प्रहरीले बुधबार नै पक्राउ गरेर हिरसतमा लिएको छ। पुलामीले सोल्टीमोडमा बस्ने १४ वर्षीया किशोरीलाई कोठामा एक्लै भएको बेला जबरजस्ती करणी उद्योग गरेको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...