Monday 18th August 2025

काठमाण्डुको सोल्टीमोडमा १४ वर्षीया किशोरी बलात्कृत


तितोपाटी – काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा एकजना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । किशोरीलाई कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा युवकलाई पक्राउ गरिएको हो । स्थायी घर जनकपुर भएका २० वर्षका समीर पुलामी सोल्टीमोडमा बस्दै आएका थिए । बलात्कार प्रयास गरेको आरोपमा पुलामीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ ।

किशोरीलाई युवकले कोठामा बोलाएर यौन दुर्व्यवहार गरेपछि किशोरीका परिवारले उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए। उक्त उजुरीको आधारमा पक्राउ परेको युवकमाथि अनुसन्धान सुरु भएको प्रहरीले बताए ।

ती किशोरीलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ का ३० वर्षीय समिर पुलामीले बलात्कार गरेको जानकारी प्रहरीले दिएको छ। पुलामीलाई प्रहरीले बुधबार नै पक्राउ गरेर हिरसतमा लिएको छ। पुलामीले सोल्टीमोडमा बस्ने १४ वर्षीया किशोरीलाई कोठामा एक्लै भएको बेला जबरजस्ती करणी उद्योग गरेको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

प्रतिकृयाहरू
...