Monday 18th August 2025

महोत्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु, २ जना गम्भीर घाइते


तितोपाटी – महोत्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । औरही नगरपालिका-९ इनर्वास्थित मिथिलेस पोल्टी फर्ममा करेन्ट लागेर ४५ वर्षीय मीनादेवी सहनीको मृत्यु भएको हो ।

करेन्ट लागेर मीनादेवी सहनीका श्रीमान सुरेश सहनी र ४ वर्षीय भतिजा राजा सहनी घाइते भएका छन् ।घाइते सुरेशको जनकपुरमा र बालक राजाको रामगोपालपुरस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

पानी तान्ने मोटरमा विद्युत प्रवाह हुँदा करेन्ट लागेको बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पठाइएको डीएसपी खड्काले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

प्रतिकृयाहरू
...