Saturday 2nd May 2026

महोत्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु, २ जना गम्भीर घाइते


तितोपाटी – महोत्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । औरही नगरपालिका-९ इनर्वास्थित मिथिलेस पोल्टी फर्ममा करेन्ट लागेर ४५ वर्षीय मीनादेवी सहनीको मृत्यु भएको हो ।

करेन्ट लागेर मीनादेवी सहनीका श्रीमान सुरेश सहनी र ४ वर्षीय भतिजा राजा सहनी घाइते भएका छन् ।घाइते सुरेशको जनकपुरमा र बालक राजाको रामगोपालपुरस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

पानी तान्ने मोटरमा विद्युत प्रवाह हुँदा करेन्ट लागेको बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पठाइएको डीएसपी खड्काले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- सरकारले फेरि अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ।बुधबार यातायात व्यवस्था विभागले एक…

तितोपाटी- राष्ट्रिय सभामा नेपाली  कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले…

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

प्रतिकृयाहरू
...