Monday 24th August 2026

बलात्कारीबाट बच्न ३ तला माथिबाट छलाङ


तितोपाटी – समाज जति विकसित भएर गएको छ समाज भित्रका व्यक्तिहरू त्यति नै जंगली बन्दै गएका छन्  । नैतिकता, अनुसाशन, इमान्दारीता भन्ने कुरा कागजमा लेख्न र मुखले बोल्नका लागि मात्र सिमित भएका छन् । समाजमा हत्या, हिंसा, लुटपाट, बलात्कार जस्ता कुराहरू अाजभोली सामान्य जस्तो लाग्न थालेका छन् । कसैले कसैको भर र विश्वास गर्न नसकिने अबस्था सृजना हुन अाएको छ । मानिसहरू यति सम्म गिरेका छन् कि प्रेमीले प्रेमिकालार्इ तेश्रो व्यक्ति मार्फत बलात्कार गराउन उद्दत सम्म भएका छन् ।

भरतको जयपुरस्थित मोहना क्षेत्रमा यस्तै घटना घटेको छ । एक प्रेमीले अाफ्नी प्रेमिकालार्इ सामुहिक बलात्कार गराउन खोज्दा समूहिक बलात्कारबाट जोगिन एक नेपाली महिलाले अपार्टमेन्टको तेस्रो तलाबाट  हाम फालेको समाचार भारतीय संचार माध्यममा सार्वजनिक भएको छ । समाचारका अनुसार भारतको जयपुरस्थित मोहना क्षेत्रमा भएको उक्त घटनामा जिवितै रहेकी २३ वर्षीया ती युवतीको जयपुर अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अर्धनग्न अवस्थामा हामफालेकी युवतीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालका अधिकारीलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

दिल्लीमा बस्दै आएकी ति नेपाली महिला केही समय पहिले आफ्नै प्रेमी संग जयपुर आएको र ती प्रेमीसँगै अर्का एक युवाले बलात्कारको प्रयास गरेपछि उनले हामफालेको प्रारम्भिक अनुशन्धानबाट खुलेको जयपुर प्रहरीलाई उदृत गर्दै एनडीटीभीले जनाएको छ। एनडीटीभिका अनुसार अभियुक्तहरुको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको त्यहाको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...