Wednesday 7th October 2026

गोरखामा भीरमाैरीको मह काढ्न जाँदा १ व्यक्तिको भीरबाट लडेर मृत्यु


तितोपाटी – भीरमौरीको मह झिक्न जाँदा भीरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ। जिल्लाको बारपाक गाउँपालिका-२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भीरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए।

छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भीरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्‍कासी चिप्लिएर भीरबाट खसेको मृतकका छोरा गिर्जा घलेको भनाइ उद्धृत गर्दै नवीनले बताए । ‘बाबु चिप्लिएर खसेपछि भीरमा मह झिक्न पुगेका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरे, गाउँले घटनास्थल पुगे, घलेले भने, ‘करिब तीन÷चार घण्टापछि मृतावस्थामा उनलाई फेला पार्‍यौँ।’

भीरबाट करिब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ। उनको शरीर पूर्णरुपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताए। कुम्र्याह भीर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भीरमौरीको मह झिक्न जाने गरेका छन्।रासस


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...