Friday 15th August 2025

गुल्मीमा श्रीमानद्वारा चिर्पटले हिर्काएर श्रीमतीको हत्या


तितोपाटी – गुल्मीमा श्रीमानले श्रीमतीलाई कुटपिट गरेर हत्या गरेका छन् । जिल्लाको मुसिकोट –७, इन्द्रेगौडाका ३५ वर्षीय पंकज कुमालले श्रीमती ३० वर्षीया लाली कुमालको हत्या गरेका हुन् ।

गुल्मी प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार पंकजले चिरपट दाउराको प्रयोग गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सामान्य घरायसी विवादमा श्रीमान-श्रीमतीबिच झगडा चर्केपछि हत्या सम्मको अबस्था अाएको प्रहरीले बताएको छ ।

शनिबार राति भएको पारिवारिक झगडाका क्रममा उनले कुटपिट गर्दा श्रीमतीको हत्या भएको पंकजले पनि स्वीकारेका छन् । कुमाललाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।


सम्बन्धित शीर्षकहरु

कहिले कृषी मन्त्रालयमा बजेट छैन भन्ने कहिले निगुरोलाई किसानले मल हालेर अभाव भएको बयान दिने कृषी मन्त्री को बयान ले…

विषाक्त रक्सीको सेवनबाट कुवेत का विभिन्न अस्पतालहरूमा भर्ना भएका ६३ जना मध्ये १३ जनाको मृत्यु भईसकेको छ । देशभरका सुरक्षा…

तितोपाटी -  पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको  लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका…

प्रतिकृयाहरू
...