Monday 18th August 2025

बैतडीमा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते


तितोपाटी – महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, ६ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन् ।

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।

अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदूत यातायातको ना५ख ८११७ नं को बस आज बिहान ५ बजे एक्कासी बाङ्गाबगरमा सडकमा पल्टेको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

प्रतिकृयाहरू
...