Saturday 16th August 2025

बारामा ५ वर्षीय बालकको अपहरण पछि हत्या


तितोपाटी – बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका-३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरण पछि हत्या गरिएको हो । दीपकलाई अपहरणकारीले असोज २४ गते बेलुकी अपहरण गरेका थिए। उनको शव गएराति गाउँ नजिकैको झाडीमा फेला परेकोछ।

प्रहरीले बालक अपहरणको आरोपमा त्यही टोलका १७ वर्षीय दुई युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा छन्। बारा जिल्लाकी प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि बयान लिने काम भइरहेको छ।

अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए। फिरौती जोरजाम गर्दैगर्दा अपहरणकारीले दीपकको हत्या गरेका दीपकका काका गणेश राय यादवले बताए।

बालक २४ गते नजिकैको रनीवासमा हजुरबुबा सिताराम यादवसँग मेला हेर्न गएका थिए। मेला हेरेर फर्कने क्रममा मोटरसाइकलमा आएका दुई जनाले बालकलाई इथाइनल सुँघाएर अपहरण गरेका थिए। काका गणेशले भने, ‘हजुरबा सँग आउँदै गर्दा पैसाको लोभ देखाए। अनि इथाइनल सुघाएर बेपत्ता पारे। पछि हरेन्द्रले आफ्नो मोबाइलबाट फिरौती माग्यो।’

प्रहरीका अनुसार अपहरणकारीको आरोपमा पक्राउ परेका बैठाको घरबाट बालक दीपकले लगाएको बाला फेला परेको छ।


सम्बन्धित शीर्षकहरु

विगत केही रातदेखि, हिज्बुल्लाहको गढ मानिने बेरुतको दहियाह जिल्लामा दर्जनौं मोटरसाइकलहरू गुडिरहेका छन्। सवारहरूले निरन्तर हर्न बजाउँछन्, हिज्बुल्लाहको झण्डा फहराउँछन्,…

लुलु हाइपरमार्केट कुवेतले एक हप्ता लामो ‘भारत उत्सव’ शुरू गरेको छ । भारतको स्वतन्त्रता दिवसलाइ लक्षित गरि लुलु हाइपरमार्केटले १३…

अपरेशन सिन्दूरमा मिडिया ब्रीफिंगमा महत्वपूर्ण भूमिका खेल्ने विंग कमाण्डर व्योमिका सिंहसँगै कर्नल सोफिया कुरेशी कौन बनेगा करोडपति (केबीसी) को स्वतन्त्रता…

प्रतिकृयाहरू
...