Thursday 14th August 2025

वीरगंजमा ह्युमपाइपले च्यापिएर १ बालिकाको मृत्यु, ३ घाइते


तितोपाटी – वीरगन्जको लालबंगला परिसरमा बालबालिका खेल्ने ठाउँमा २-३ वर्षदेखि थन्काएर राखेको ह्युमपाइपले च्यापिएर घाइते भएका चारजना बालबालिकामध्ये एकजना बालकको निधन भएको छ भने तीनजनाको उपचार भइरहकोको छ । तीनजना घाइतेमध्ये एकजनाको खुट्टा काट्नु पर्ने बताइएको छ । सोमबार साँझ  भएको उक्त  दःखद घटना पश्चात लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण दुःखद घटना भएको बताउँदै कन्सट्रकसनका मालिकलार्इ कडा कारवाही गर्न माग समेत गरिएको छ ।

घाइते तथा मृतक परिवारलाई संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सहयोग गरेका छन् । काठमाडौको वी एण्ड वी अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज रानीघाटका गोविन्द चौधरीका छोरीहरु १० वर्षीया अनुष्का चौधरी र सात वर्षीया अंकीता चौधरीलाइै आज अस्पतालमै पुगेर दुवैलाई २५–२५ हजार रुपैयाँ उनले सहयोग गरेका छन् ।

उनीहरुमध्ये अनुष्काको खुट्टा नै काट्नु पर्ने अवस्था रहेको नेता यादवले बताए । सो दुर्घटनामा घाइते भएका राकेश यादवकी छोरी आयुषा यादवको उपचार र वीरगञ्ज हेल्थ केयर अस्पतालमा भइरहेको छ । आयुषालाई पनि २५ हजार सहयोग गरेका छन् भने उपचारका क्रममा मृत्यु भएका रोहित चौधरीको परिवारलाई ५० हजार रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनी वीरगञ्ज फर्के लगतै मृतक परिवारलाई भेटेर सो रकम दिने बताएका छन् ।

सांसद यादवले यो दुर्घटनाको सम्पूर्ण जिम्मेवारी कालिकाले नै लिनु पर्ने बताउँदै कालिका कन्स्ट्रक्सनका मालिकलाई पक्राउ गरी घाइतेलाई क्षतिपूर्ति दिलाउन आग्रह गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।…

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

उत्तर प्रदेशको बलरामपुरमा २१ वर्षीया अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको आरोप छ। पीडित महिला राति अबेर सुनसान सडकमा आफ्नो ज्यान…

प्रतिकृयाहरू
...