Tuesday 11th August 2026

वीरगंजमा ह्युमपाइपले च्यापिएर १ बालिकाको मृत्यु, ३ घाइते


तितोपाटी – वीरगन्जको लालबंगला परिसरमा बालबालिका खेल्ने ठाउँमा २-३ वर्षदेखि थन्काएर राखेको ह्युमपाइपले च्यापिएर घाइते भएका चारजना बालबालिकामध्ये एकजना बालकको निधन भएको छ भने तीनजनाको उपचार भइरहकोको छ । तीनजना घाइतेमध्ये एकजनाको खुट्टा काट्नु पर्ने बताइएको छ । सोमबार साँझ  भएको उक्त  दःखद घटना पश्चात लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण दुःखद घटना भएको बताउँदै कन्सट्रकसनका मालिकलार्इ कडा कारवाही गर्न माग समेत गरिएको छ ।

घाइते तथा मृतक परिवारलाई संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सहयोग गरेका छन् । काठमाडौको वी एण्ड वी अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज रानीघाटका गोविन्द चौधरीका छोरीहरु १० वर्षीया अनुष्का चौधरी र सात वर्षीया अंकीता चौधरीलाइै आज अस्पतालमै पुगेर दुवैलाई २५–२५ हजार रुपैयाँ उनले सहयोग गरेका छन् ।

उनीहरुमध्ये अनुष्काको खुट्टा नै काट्नु पर्ने अवस्था रहेको नेता यादवले बताए । सो दुर्घटनामा घाइते भएका राकेश यादवकी छोरी आयुषा यादवको उपचार र वीरगञ्ज हेल्थ केयर अस्पतालमा भइरहेको छ । आयुषालाई पनि २५ हजार सहयोग गरेका छन् भने उपचारका क्रममा मृत्यु भएका रोहित चौधरीको परिवारलाई ५० हजार रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनी वीरगञ्ज फर्के लगतै मृतक परिवारलाई भेटेर सो रकम दिने बताएका छन् ।

सांसद यादवले यो दुर्घटनाको सम्पूर्ण जिम्मेवारी कालिकाले नै लिनु पर्ने बताउँदै कालिका कन्स्ट्रक्सनका मालिकलाई पक्राउ गरी घाइतेलाई क्षतिपूर्ति दिलाउन आग्रह गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

जर्मनीबाट इजरायललाई ‘INS Drakon’ पनडुब्बी हस्तान्तरण, इरानविरुद्ध रणनीतिक क्षमता बलियो इजरायलले जर्मनीबाट आफ्नो नौसेनाको नयाँ INS Drakon पनडुब्बी औपचारिक रूपमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको दाबी गर्दै इरानमाथि दबाब बढाएका छन्। तर इरानले भने अमेरिकाले आफ्नो व्यवहार…

न्युयोर्क, १० अगस्ट २०२६ — अमेरिकी संघीय न्यायाधीशले भारतीय अर्बपति गौतम अडानीविरुद्ध चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी आपराधिक मुद्दा औपचारिक रूपमा…

प्रतिकृयाहरू
...