Tuesday 12th August 2025

अमेरिकन डीभी लट्री २०२० का लागि अाजबाट अावेदन फर्म भर्न सकिने


तितोपाटी – अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आजदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार २०२० का लागि आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

दूतावासले डीभी भर्न कुनै शुल्क नलाग्ने पनि प्रष्ट पारेकाे छ। अावेदन भर्न चाहनुहुनेहरूले www.dvlottery.state.gov मा गएर तोकिएको अवधिमा आवेदन भर्न सकिन्छ।

आवेदन दर्ता गर्दा श्रीमान-श्रीमती र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न अनिवार्य गरिएको छ । यदि अावेदनमा उनीहरुलाई समावेश नगरिएको खण्डमा आवेदन अमान्य ठहरिनेछ । दूतावासका अनुसार, मुख्य आवेदकले अयोग्य श्रीमान-श्रीमती वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्याे पनि अयाेग्य ठहरिने छ ।

एकभन्दा बढी आवेदन बुझाएकाे खण्डमा चिट्ठाका लागि अयोग्य ठहरिनेछ र अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्ने छैन् । फाेटाेहरू सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नुपर्नेछ ।

२०२० का लागि डीभीमा छनोट भए-नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...