Tuesday 6th October 2026

अमेरिकन डीभी लट्री २०२० का लागि अाजबाट अावेदन फर्म भर्न सकिने


तितोपाटी – अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आजदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार २०२० का लागि आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

दूतावासले डीभी भर्न कुनै शुल्क नलाग्ने पनि प्रष्ट पारेकाे छ। अावेदन भर्न चाहनुहुनेहरूले www.dvlottery.state.gov मा गएर तोकिएको अवधिमा आवेदन भर्न सकिन्छ।

आवेदन दर्ता गर्दा श्रीमान-श्रीमती र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न अनिवार्य गरिएको छ । यदि अावेदनमा उनीहरुलाई समावेश नगरिएको खण्डमा आवेदन अमान्य ठहरिनेछ । दूतावासका अनुसार, मुख्य आवेदकले अयोग्य श्रीमान-श्रीमती वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्याे पनि अयाेग्य ठहरिने छ ।

एकभन्दा बढी आवेदन बुझाएकाे खण्डमा चिट्ठाका लागि अयोग्य ठहरिनेछ र अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्ने छैन् । फाेटाेहरू सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नुपर्नेछ ।

२०२० का लागि डीभीमा छनोट भए-नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...