Wednesday 13th August 2025

प्युठानमा जीप दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु


तितोपाटी – प्यूठान प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ । लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।

ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो । ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा अन्य मानवीय क्षति भएको छैन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा उद्धार कार्य जारी रहेको स्थानीय जनक केसीले बताए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।…

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

उत्तर प्रदेशको बलरामपुरमा २१ वर्षीया अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको आरोप छ। पीडित महिला राति अबेर सुनसान सडकमा आफ्नो ज्यान…

प्रतिकृयाहरू
...