Wednesday 14th May 2025

दाङमा माटोको ढिस्कोमा पुरिएर ३ जनाको मृत्यु


तितोपाटी – घरनजिकै माटो खन्न गएका दाङको राप्ती गाउँपालिका ४ का एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन्। माटो खन्नेक्रममा शनिबार दिउसो माटोको ढिस्कोले पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा ३५ वर्षीय लीना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र १२ वर्षकी रेजिना चौधरी छन्। लीना र श्यामकुमारी नन्द-भाउजु हुन्। १२ वर्षीया रेजिना लीनाकी जेठानीकी छोरी हुन्।

माटो खन्दै गर्दा माथिबाट आएको ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। घर्तीका अनुसार घटना शनिबार दिउसो १ बजेको हो। मृतकहरूलाई पोस्ट मार्टमका लागि दाङको लमही अस्पताल लगिएको छ।


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...