Wednesday 14th May 2025

उदयपुरमा विभिन्न घटनामा ३ जनाको ज्यान गयो


तितोपाटी – केही दिनदेखि हराइरहेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय मोहम्मद वकिल मियाँ त्रियुगा नगरपालिका–३ को त्रियुगा नदीस्थित हात्तीमारा बगरमा शुक्रबार मृत फेला परेका छन् ।

मियाको हत्या भएको हुनसक्ने र आफन्तले प्रहरीमा शुक्रबार नै जाहेरी दिएपछि मियाँसँगै हिँड्ने ३३ वर्षीय महिलालाई अनुसन्धानका लागि शुक्रबार नै पक्राउ गरेर अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।

खोलाले बगाएर एकको मृत्यु

जिल्लाको उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा शुक्रबार स्थानीय वैद्यनाथ खोलामा नुहाउने क्रममा खोलाले बगाएर एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उदयपुरगढी–६ का ३७ वर्षीय शेरबहादुर कार्की रहेका छन् ।

शुक्रबार दिउँसो नुहाउनका लागि खोलामा पसेका कार्कीलाई खोलाले २०० मिटरभन्दा तलसम्म बगाएका कारण कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ढिस्कोले पुरिएर मृत्यु

त्यसैगरी उदयपुरको रौतामाई गाउँपालिका–६ स्थित बोलुङखा चिसापानीको निकास भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा शुक्रबार दिउँसो एक महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घर पोत्ने माटो खन्न गएकी रौता–६ की ५९ वर्षीया मधुमाया रायको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । यस्तै स्थानीय ३४ वर्षीय सुवास विक, ५२ वर्षीय तिलक कार्की र १३ वर्षीया बबिता बस्नेत घाइते भएको पनि प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...