Tuesday 11th August 2026

उदयपुरमा विभिन्न घटनामा ३ जनाको ज्यान गयो


तितोपाटी – केही दिनदेखि हराइरहेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय मोहम्मद वकिल मियाँ त्रियुगा नगरपालिका–३ को त्रियुगा नदीस्थित हात्तीमारा बगरमा शुक्रबार मृत फेला परेका छन् ।

मियाको हत्या भएको हुनसक्ने र आफन्तले प्रहरीमा शुक्रबार नै जाहेरी दिएपछि मियाँसँगै हिँड्ने ३३ वर्षीय महिलालाई अनुसन्धानका लागि शुक्रबार नै पक्राउ गरेर अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।

खोलाले बगाएर एकको मृत्यु

जिल्लाको उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा शुक्रबार स्थानीय वैद्यनाथ खोलामा नुहाउने क्रममा खोलाले बगाएर एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उदयपुरगढी–६ का ३७ वर्षीय शेरबहादुर कार्की रहेका छन् ।

शुक्रबार दिउँसो नुहाउनका लागि खोलामा पसेका कार्कीलाई खोलाले २०० मिटरभन्दा तलसम्म बगाएका कारण कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ढिस्कोले पुरिएर मृत्यु

त्यसैगरी उदयपुरको रौतामाई गाउँपालिका–६ स्थित बोलुङखा चिसापानीको निकास भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा शुक्रबार दिउँसो एक महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घर पोत्ने माटो खन्न गएकी रौता–६ की ५९ वर्षीया मधुमाया रायको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । यस्तै स्थानीय ३४ वर्षीय सुवास विक, ५२ वर्षीय तिलक कार्की र १३ वर्षीया बबिता बस्नेत घाइते भएको पनि प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको दाबी गर्दै इरानमाथि दबाब बढाएका छन्। तर इरानले भने अमेरिकाले आफ्नो व्यवहार…

न्युयोर्क, १० अगस्ट २०२६ — अमेरिकी संघीय न्यायाधीशले भारतीय अर्बपति गौतम अडानीविरुद्ध चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी आपराधिक मुद्दा औपचारिक रूपमा…

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता…

प्रतिकृयाहरू
...