Wednesday 27th May 2026

मानब बेचबिखन तथा अोसारपसारमा संलग्न एक पक्राउ, ३ फरार


मानव बेचबिखनको आरोपमा बैतडी प्रहरीले मंगलबार बिहान एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुरा आलिताल गाउँपालिका- ८ सिस्नेका ४५ वर्षीय गणेश विष्ट रहेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनीसँगै बेचबिखनको आरोप लागेका तीनजना भने फरार छन्। फरार हुनेमा बैतडीको सिगास गाउँपालिका- २ गाँजरीकी २५ वर्षीया देवकी ढाँट, डडेल्धुरा आलिताल- ८ का ५० वर्षीय शंकर अवस्थी र २८ वर्षीय ललित बिक रहेका छन्।

पक्राउ परेका विष्ट र फरार रहेकामाथि गत असारमा बैतडीको सिगासकी २८ वर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाईफकाई भारतको बैङ्गलोर पुर्‍याइ बेचविखन गर्न खोजेको आरोप लागेको थियो।

पक्राउ परेका विष्टले बेच्न लगिएकी महिलासँग कुनै चिनजान नभएको र फरार रहेका भनिएकाले चिनजान गराइदिएको बताएका छन्। प्रहरी निरीक्षक सिंहले भने, ‘पीडित महिलाको उजुरीको आधारमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो, अन्यको खोजी भइरहेको छ।’

पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी सोमबार नेपाल ल्याएका थिए। पक्राउ परेका विष्टमाथि मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

प्रतिकृयाहरू
...