Monday 11th August 2025

तनहुँमा सवारी दुर्घटनामा २ को मृत्यु, ८ घाइते


तितोपाटी – पृथ्वी राजमार्गस्थित म्याग्दे गाँउपालिका–४ मनहरीमा मंगलबार बिहान सवारी ठोक्किदा दुई यात्रुको मृत्यु भएको छ भने ८ घाइते भएका छन्।

दमौलीबाट पोखरातर्फ जादै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरको लु १ ख ४१९४ नम्बरको बस एक आपसमा जुद्धा माइक्रोमा सवार दुई यात्रुको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण वहादुर क्षेत्रीलेका अनुसार मृत्यु हुनेमा व्यास–४ बस्ने सरस्वती कुवँर छन् भने एक जनाको परिचय खुलेको छैन्। उनिहरुको घटनास्थलमै  मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै माइक्रो चालक म्याग्दे गाउँपालिका–१ गुणादीका ३० वर्षीय तुल बहादुर विक गम्भिर घाइते भएको प्रहरीले जनाएको छ। चालक विक सहित अन्य ७ घाइतेको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भएको छ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...