Sunday 5th April 2026

भोजपुरमा २५ वर्षे युवकद्वारा १५ वर्षे किशोरी बलात्कृत


तितोपाटी – भोजपुरमा  एक किशोरी बलात्कारमा परेकी छिन् । यहि असोज २ गते पानी फर्काउन गएकी एक किशोरी बलात्कृत भएकी हुन्।

बलात्कारको अभियोगमा प्रहरीले भोजपुर नगरपालिका –१ डाँडावोखिमका २५ वर्षीय मदनकुमार राईलाई पक्राउ गरेको छ। राईले गत असोज दुई गते घरको लागि पिउने पानी फर्काउन गएकी १५ वर्षीय किशोरीलाई वारीमा लगि बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ। किशोरीले आफुलाई राईले लछारपछार पार्दै मुख थुनेर वारीमा लगी बलात्कार गरेको बताएकी छन्।

बलात्कार आरोपमा पक्राउ परेका राईलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...