Monday 11th August 2025

भोजपुरमा २५ वर्षे युवकद्वारा १५ वर्षे किशोरी बलात्कृत


तितोपाटी – भोजपुरमा  एक किशोरी बलात्कारमा परेकी छिन् । यहि असोज २ गते पानी फर्काउन गएकी एक किशोरी बलात्कृत भएकी हुन्।

बलात्कारको अभियोगमा प्रहरीले भोजपुर नगरपालिका –१ डाँडावोखिमका २५ वर्षीय मदनकुमार राईलाई पक्राउ गरेको छ। राईले गत असोज दुई गते घरको लागि पिउने पानी फर्काउन गएकी १५ वर्षीय किशोरीलाई वारीमा लगि बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ। किशोरीले आफुलाई राईले लछारपछार पार्दै मुख थुनेर वारीमा लगी बलात्कार गरेको बताएकी छन्।

बलात्कार आरोपमा पक्राउ परेका राईलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...