Tuesday 6th October 2026

एसिड अाक्रमणबाट घाइते भएकी सम्झनाको उपचारको क्रममा मृत्यु


तितोपाटी – रौतहट चन्द्रनिगाहपुर–६ की १८ वर्षीया सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ। एसिड आक्रमणबाट गम्भीर घाइते भएकी दासको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आइतबार राति ११ः४० बजेतिर मृत्यु भएको उपचारमा संलग्न चिकित्सक सुरेन्द्र बस्नेतले बताए।

उपचारको क्रममा किटाणुको संक्रमण बढ्दै गएको र किटाणुको असर अन्य अंगमा पनि बढ्दै गएकाले उनको मृत्यु भएको डा. बस्नेतले बताएका छन्। एसिड आक्रमणबाट घाइते भएकी १५ वर्षीया सुस्मिता दासको अवस्था भने सामान्य रहेको उनले बताए।

भदौ २९ गते मंगलबार राति १२ बजे आफ्नै घरमा सुतिरहेको बेला चन्द्रपुर नगरपालिका-६ बजारटोलका दास दिदी बहिनीमाथि एसिड प्रहार भएको थियो। एसिड प्रहारबाट गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।

उनीहरुमाथि एसिड प्रहार गरेको आरोपमा छिमेकी रामाबाबु पासवानलाई प्रहरीले पक्राउ गरिसकेको छ। एकोहोरो प्रेम गर्ने रामबाबुले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा तेजाब आक्रमण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...