Tuesday 6th October 2026

भारतबाट नेपाल ल्याउँदै गरेको झण्डै ७२ लाख भारू सहित १ युवक पक्राउ


तितोपाटी – ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले कैलालीमा एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित लम्की चुहा नगरपालिका १ का ३१ वषिर्य कृष्णराज जोशीलाई नियन्त्रणमा लिएको हो ।

भजनी नगरपालिका ३ नेपाल-भार सीमा नजिकै रहेको कुसुमघाटबाट आलुको बोरामा लुकाएर ल्याउँदै गरेको भारतीय रुपैयाँसहित ३१ वर्षीय जोशीलाई से४प ६७६० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएइएको सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद भट्टले जानकारी दिए ।

जोशीलाई इलाका प्रहरी कार्यालय टीकापुरको जिम्मा लगाएको उनले जानकारी दिए । उक्त रकम त्यहाँबाट प्रकिया पूरा गरी राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।

भारतीय शहर दिल्लीमा एकजना व्यापारीको केही दिन अगाडि मात्रै करोडौं रकम चोरी भएको थियो । रकम चोरी भएदेखि नै ती व्यापारीकहाँ काम गर्ने तीन जना नेपालीहरु फरार रहेका कारण प्रहरीले फेला पारेको रकम भारतीय व्यापारीको हुनसक्ने श्रोतको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...