Thursday 15th May 2025

बारामा घाँटी रेटि हत्या गरिएको अबस्थामा महिलाको शब फेला पर्यो


तितोपाटी – बारामा घाटी रेटी हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ। घाटी रेटी हत्या गरेको अवस्थामा कलैया उपमहानगरपालिका–१३ बलिरामपुरकी सियापति धोबिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शनिबार बेलुका पसाहा खोला नजिकै रहेको खेतमा काम गर्न जाँदा उनी बेपता भएकी थिइन्। खेतमा काम गर्न गएकी धोविन राती घर नफर्केपछि परिवारका सदस्यहरुले उनको निकै खोजि गरेपिन कुनै पत्ताे नलागेकाेमा आइतबार विहानै खोज्न जाँदा हत्या गरेर पसाहा खोला नजिकै रहेको उखु खेतमा शव फालिएको अवस्थामा फेला पारेकाे स्थानीय राजेश मेहताले बताए।

सियापतिका तीन छोरी एक छोरा छन् भने उनका श्रीमान खेती मजदुरी गर्दै आएका छन्। बाराकी प्रहरी उपरिक्षक मिरा चौधरीले उनको घाटी रेटेर हत्या गरिएको बताउँदै घटनाको अनुसन्धान थालिएको बताइन्।


सम्बन्धित शीर्षकहरु

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट…

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

प्रतिकृयाहरू
...