Monday 11th August 2025

बागलुङमा १५ वर्षीया किशोरी बलात्कृत, बलात्कारी प्रहरी हिरासतमा


तितोपाटी – बागलुङमा गत हप्ता मेलाबाट घर फर्कंदै गरेकी एक किशोरी बलात्कृत भएकी छन् । घटनामा संलग्न आरोपमा प्रहरीले निसीखोलाका दुई युवकलाई पक्राउ गरेको छ ।

भदौ २७ मा निसीखोला–४ को कानबगरमा तीजको मेला हेरेर फर्केकी १५ वर्षीया किशोरीलाई स्थानीय युवकले बलात्कार गरेका थिए ।

किशोरीका अभिभावकको उजुरी परेपछि ती युवकलाई गाउँबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । पक्राउ पर्नेमा निसीखोला–५ का खगेन्द्र विक र रामबहादुर विक छन् ।

उनीहरूलाई बुधबार बुर्तिबाङबाट सदरमुकामस्थित जिल्ला प्रहरी कार्यलयमा ल्याइएको छ । बलात्कारीले गाउँमै मिलापत्र गर्ने प्रयास गरेका थिए । पीडित परिवार नमानेपछि घटना प्रहरीसम्म पुगेको हो ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...