Tuesday 6th October 2026

दार्चुलामा पटके बलात्कारी प्रधानाध्यापक पक्राउ


तितोपाटी – दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर ४ का एक प्रधानाध्यापक बुहारीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार सोही गाउँको तामाखानी भगवती निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक दानसिंह धामीलाई पक्राउ गरेको हो । स्थायी शिक्षक धामी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका दार्चुलाका जिल्ला सदस्य पनि हुन् ।

धामीले बुहारीलाई २०७१ सालमा दार्चुलाको गोकुलेश्वरको एक होटल र गत अषाढमा पुनः अत्तरीयास्थित आफ्नै घरमा जर्वजस्ती बलात्कार गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पीडित महिला एकल महिला समेत हुन । बिहे गरेको १ वर्षमा श्रीमानको मृत्यु भए पछि ती महिला परिवारको सहारामा बस्दै आएकी थिइन् । पीडित महिलाले ससुराले पटक-पटक बलात्कार गर्ने गरेको कसैलाई भने छोरा सहित मार्ने धम्की दिने गरेको बताइन् ।

पीडितका अनुसार प्रधानाध्यापक धामीले बुहारीलाई घरमा कोही नभएको बेला औषधि समेत खुवाएर बलात्कार गर्ने गरका थिए। पीडित महिलाले ससुराले आफूलाई बलात्कार गरेको बारे सुनाउँदा परिवारले घरबाट निकाला समेत गरेको बताइन् । आरोपित शिक्षक धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले ७ दिने म्याद थप गरेर अनुसन्धान गरि रहेको बताएको छ । पीडित महिला, महिला पुनस्थापना केन्द्र धनगढीको सेफ हाउसमा छन् ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...