Saturday 9th August 2025

दार्चुलामा पटके बलात्कारी प्रधानाध्यापक पक्राउ


तितोपाटी – दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर ४ का एक प्रधानाध्यापक बुहारीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार सोही गाउँको तामाखानी भगवती निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक दानसिंह धामीलाई पक्राउ गरेको हो । स्थायी शिक्षक धामी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका दार्चुलाका जिल्ला सदस्य पनि हुन् ।

धामीले बुहारीलाई २०७१ सालमा दार्चुलाको गोकुलेश्वरको एक होटल र गत अषाढमा पुनः अत्तरीयास्थित आफ्नै घरमा जर्वजस्ती बलात्कार गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पीडित महिला एकल महिला समेत हुन । बिहे गरेको १ वर्षमा श्रीमानको मृत्यु भए पछि ती महिला परिवारको सहारामा बस्दै आएकी थिइन् । पीडित महिलाले ससुराले पटक-पटक बलात्कार गर्ने गरेको कसैलाई भने छोरा सहित मार्ने धम्की दिने गरेको बताइन् ।

पीडितका अनुसार प्रधानाध्यापक धामीले बुहारीलाई घरमा कोही नभएको बेला औषधि समेत खुवाएर बलात्कार गर्ने गरका थिए। पीडित महिलाले ससुराले आफूलाई बलात्कार गरेको बारे सुनाउँदा परिवारले घरबाट निकाला समेत गरेको बताइन् । आरोपित शिक्षक धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले ७ दिने म्याद थप गरेर अनुसन्धान गरि रहेको बताएको छ । पीडित महिला, महिला पुनस्थापना केन्द्र धनगढीको सेफ हाउसमा छन् ।


सम्बन्धित शीर्षकहरु

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई अमेरिकी आणविक पनडुब्बीहरू रूसको नजिक सारेको बताएको केही दिनपछि रूसी र चिनियाँ नौसेनाहरूले जापानको सागरमा…

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

प्रतिकृयाहरू
...