Tuesday 23rd September 2025

डोटीमा बस दुर्घटना हुँदा २४ जना घाइते, ६ को अबस्था गम्भीर


तितोपाटी – डाेटीको जोरायल गाउँपालिका– २, छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ५ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे दुर्घटना भएको हाे ।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार, बसमा कति यात्रु थिए भन्ने नखुले पनि २४ यात्रु घाइते भएका छन् । तीमध्ये ६ को अवस्था गम्भीर छ ।

उनीहरुको उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा लगिएको जानकारी प्रहरी नायब उपरीक्षक धामीले दिए ।

सडकबाट ६० मिटर तल खसेको बस दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...