Saturday 9th August 2025

कीर्तिपुरमा २ बालिकालार्इ बन्धक बनार्इ बलात्कार गरेको अारोपमा एक जना पक्राउ


तितोपाटी – कीर्तिपुरमा दुर्इ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको अारोपमा एकजनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुरमा कोठा भाडामा लिएर बस्ने हेम खत्री रहेको प्रहरीले जनाएकाे छ ।

पीडितमध्येकी एकजना बालिकालार्इ खत्रीले अाइतबार साँझ बलात्कार गरि बल्खुमा लगेर बेवारिशे अवस्थामा छोडेपछि उनले आफ्ना अभिभावकलार्इ खबर गरेकि  थिइन् ।

अभिभावकले थाहा पाएपछि प्रहरीमा परेको उजुरीको अाधारमा खाेजतलास गर्दा अर्की बालिका पनि भेटिएको कीर्तिपुर वृतका डिएसपी अनिल खड्काले बताए । पीडित बालिकाहरुको स्वास्थ्य जाँचपछि अाइतबार नै अभिभावकलार्इ जिम्मा लगाइएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको प्रहरीले बताएकाे छ ।


सम्बन्धित शीर्षकहरु

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई अमेरिकी आणविक पनडुब्बीहरू रूसको नजिक सारेको बताएको केही दिनपछि रूसी र चिनियाँ नौसेनाहरूले जापानको सागरमा…

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

प्रतिकृयाहरू
...