Tuesday 26th May 2026

सप्तरीमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिंदा २ जनाको मृत्यु


तितोपाटी – तीब्र गतिमा गुडिरहेको ट्रक र मोटरसाइकल जुध्दा आइतबार सप्तरीमा मोटरसाइकल सवार दुई युवकको मृत्यु भएको छ। झापाको धुलाबारीस्थित चर्चको कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्किरहेको क्रिश्चियन धर्मावलम्बीको मोटरसाइकल टोलीमध्ये बा ५० प ६००० नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ मन्दिर नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक झापा मेची नगरपालिका ६ बस्ने ३४ वर्षीय अर्पण तामाङ्ग र पछाडि सवार २८ वर्षीय अल्केश थापा रहेको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए। चर्चको कार्यक्रम सकेर १८ जना युवा नौवटा मोटरसाइकलमा धुलाबारीबाट बिहान काठमाडौंका लागि प्रस्थान गरेका थिए। उक्त मोटरसाइकललाई पूर्वतर्फ जाँदै गरेको ना.२ख ३००१ नम्बरको ट्रकले ठक्‍कर दिएको हो।

ट्रक चालक सिरहा गोलबजार १० का २८ वर्षीय दिपककुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको र  ट्रकलाई शम्भुनाथ ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक कमलमणी भट्टराईले बताए।

मोटरसाइकललाई ठक्‍कर दिएको ट्रकलाई ट्राफिक प्रहरी कार्यालय ल्याउने क्रममा अर्को एउटा कारलाई ठक्‍कर दिएर क्षति पुर्‍याएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

प्रतिकृयाहरू
...