Thursday 18th June 2026

हुती विरुद्ध ईजरायलका १२ लडाकु विमानले आक्रमण


ईजरायली दर्जनौं लडाकु विमानहरूले यमनको रास इसा र होडेडाह बन्दरगाहहरूमा पावर प्लान्टहरू र समुद्री बन्दरगाह सुविधाहरू माथी आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको छ जसमा एक जना बन्दरगाह कामदार र तीन इलेक्ट्रिक इन्जिनियरहरू रहेको हुथी सम्बन्धित अल मासिराह टिभी ले प्रसारण गरेको छ ।

आइडीएफले यमनको हुथीहरूलाई आइतवार युद्धको सबैभन्दा शक्तिशाली काउन्टर स्ट्राइकको साथमा जवाफ दिएको छ । जुलाईमा होडेडाहमा भएको ठूलो हवाई आक्रमण भन्दा पनि आज को हमला शक्तिशाली रहेको ईजरायलबाट प्रकाशित जेरुसेलम पोष्ट ले लेखेको छ ।

इजरायलले यसअघि जुलाईमा होदेइदाह बन्दरगाहमा आक्रमण गरेको थियो जब हुथी ड्रोन हमलाले इजरायलको हवाई प्रतिरक्षामा प्रवेश गरेको थियो र तेल अवीवमा एक नागरिकको मृत्यु भएको थियो। गत वर्षदेखि, हुथीहरूले इरानको निर्देशन र आर्थिक सहयोगमा र इराकी मिलिसियाको सहयोगमा इजरायल राज्यमा आक्रमण गर्न, क्षेत्रीय स्थिरतालाई कमजोर पार्न र नेभिगेसनको विश्वव्यापी स्वतन्त्रतामा बाधा पुर्‍याउन काम गरिरहेको इजरायली सेनाको विज्ञप्तिमा भनिएको छ।

दर्जनौं इजरायली विमानहरूले आक्रमणमा भाग लिएका उक्त हमला इजरायली क्षेत्रबाट १,८०० किलोमिटर टाढा पर्दछ । हुथीहरूले हालैका हप्ताहरूमा तेल अवीव र मध्य इजरायल क्षेत्रहरूमा तीनवटा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेपछि ईजरायलले यो काउन्टर एटयाक्ट गरेको बताएको छ ।

लक्ष्यहरूमा पावर प्लान्टहरू र तेल आयातमा गर्न प्रयोग हुने बन्दरगाह समावेश छन । जहाँबाट हुथीहरूले सैन्य आपूर्ति र तेलको अतिरिक्त इरानी हतियारहरू यस क्षेत्रमा स्थानान्तरण गर्न प्रयोग गर्ने गरेको दावी ईजरायलको छ ।

यस महिनाको सुरुमा, उत्तरी यमनको अधिकांश भाग नियन्त्रण गर्ने हुथीहरूले मध्य इजरायल सम्म मार हान्न सक्ने क्षमता देखाएका छन । जसलाई उनीहरूले हाइपरसोनिक मिसाइलको रूपमा वर्णन गरेका थिए। आक्रमणले ईजरायलको बेन गुरियन एयरपोर्ट वरपरको क्षेत्रमा मानिसहरु आश्रयको लागि दौडिरहेका देखिएका थिए ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले हमलाको निन्दा गरेका छन् र उनीहरूले एउटा पावर प्लान्ट र इन्धन ट्याङ्कीलाई निशाना बनाएको बताएका छन्

इजरायली वायुसेनाका कमाण्डिङ अफिसर टोमर बारले एक विज्ञप्तिमा भनेका छन्, ूजसले पनि इजरायल राज्यका नागरिकहरूलाई हानि पुर्‍याउने प्रयास गर्छ, हामी उनीहरूसम्म पुग्नेछौँ।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...