Friday 28th November 2025

एनआरएनए कुवेत भलिबल प्रतियोगिता हुने : १३ टिम सहभागी


एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा दुई भुटानी टिम सहित १३ भलिबल कल्वले सहभागिता जनाउने भएका छन ।

कुवेतमा भलिबल इतिहासकै सबैभन्दा ठूलो धनराशि पुरस्कार घोषणा गरिएको यस प्रतियोगिताले यहाँका भलिबल खेलाडीहरूलाई उच्च हौसला दिने र खेलप्रति चासो तथा लोकप्रियता बढाउने विश्वास आयोजकले लिएका छन्।

कुवेतमा रहेका नेपालीसहित भुटानी टिमहरूको सहभागितामा गत बिहीवार सम्पन्न टाइसिटमा पुरस्कार रकम बढाउँदै, खेलाडी र खेललाई व्यवस्थित र मर्यादित बनाउने प्रयास गरिएको जनाउँदै खेलमा आयोजक तथा रेफ्रीको निर्णायक भूमिका रहने अायोजकले स्पष्ट पारेको छ ।

पहिलो पुरस्कार: ५०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
दोस्रो पुरस्कार: ३०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
तृतीय पुरस्कार – १५१ केडी मेडल, प्रमाणपत्र

प्रतियोगिताबारे:
मिति:१३ सेप्टेम्बर २०२४
स्थान:फाहिल स्पोर्टिङ क्लब
समय:बिहान ८ बजेबाट

सम्पर्क:- 60767749, 67726405, 51003611


सम्बन्धित शीर्षकहरु

काठमाडौँ । इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बलका प्रमुख, लेफ्टिनेन्ट जनरल इयाल जामिरले…

वाशिंगटन, डीसीमा भएको गोलीकाण्डपछि, अमेरिकाले अफगानी नागरिकहरूबाट प्राप्त सबै आप्रवासन अनुरोधहरू प्रशोधन गर्न निलम्बन गरेको छ। ह्वाइट हाउस नजिकै भएको…

कुबेत - प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा निरन्तर लाग्दै आएको तमू (गुरुङ)…

प्रतिकृयाहरू
...