Thursday 10th September 2026

एनआरएनए कुवेत भलिबल प्रतियोगिता हुने : १३ टिम सहभागी


एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा दुई भुटानी टिम सहित १३ भलिबल कल्वले सहभागिता जनाउने भएका छन ।

कुवेतमा भलिबल इतिहासकै सबैभन्दा ठूलो धनराशि पुरस्कार घोषणा गरिएको यस प्रतियोगिताले यहाँका भलिबल खेलाडीहरूलाई उच्च हौसला दिने र खेलप्रति चासो तथा लोकप्रियता बढाउने विश्वास आयोजकले लिएका छन्।

कुवेतमा रहेका नेपालीसहित भुटानी टिमहरूको सहभागितामा गत बिहीवार सम्पन्न टाइसिटमा पुरस्कार रकम बढाउँदै, खेलाडी र खेललाई व्यवस्थित र मर्यादित बनाउने प्रयास गरिएको जनाउँदै खेलमा आयोजक तथा रेफ्रीको निर्णायक भूमिका रहने अायोजकले स्पष्ट पारेको छ ।

पहिलो पुरस्कार: ५०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
दोस्रो पुरस्कार: ३०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
तृतीय पुरस्कार – १५१ केडी मेडल, प्रमाणपत्र

प्रतियोगिताबारे:
मिति:१३ सेप्टेम्बर २०२४
स्थान:फाहिल स्पोर्टिङ क्लब
समय:बिहान ८ बजेबाट

सम्पर्क:- 60767749, 67726405, 51003611


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...