Wednesday 24th September 2025

वीरगञ्जमा २ जना स्कुले बालकको पोखरीमा डुबेर मृत्यु


तितोपाटी – वीरगञ्ज महानगरपालिका–२४ मा पोखरीमा डुबेर दुई जना स्कुले बालकको मृत्यु भएको छ ।

स्थानीय धर्मेन्द्र पटेलका १४ वर्षीय छोरा नितेश पटेल र पिटर पटेलका १२ वर्षीय छोरा सुदर्शन पटेलको मृत्यु भएको हो ।

बालकद्वयको शव बिहान स्थानीय सुकेश पटेलको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक अरविन्दकुमार साहले जानकारी दिए ।

वीरगञ्जको राधेमाईमा रहेको साउथ जोन स्कुलमा अध्ययनरत नितेश र स्थानीय राम सुरत मावि रामगढवामा अध्ययनरत सुदर्शन मंगलबार अपराह्न गर्मी छल्न पोखरीमा पौडी खेल्न गएको र त्यही बेलामा डुबेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

उनीहरु दुवैजना अबेर रातिसम्म घर नपुगेपछि परिवारका सदस्यले खोजी शुरु गरेका थिए ।

दुवैको शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...