Monday 10th August 2026

भोजपुरमा ११ वर्षीया बालिकाको बलात्कार पछि हत्या


तितोपाटी – भोजपुरकाे साल्पासिलिछो गाउँपालिकामा ११ वर्षीय बालिकाको बलात्कार पछि हत्या भएको प्रहरीले बताएको छ। भदौ ११ मा शंकास्पद अवस्थामा सुतेकै स्थानमा मृत भेटिएकी बालिकाको बलात्कार पछि हत्या गरेको अभियुक्तले स्विकार गरेपछि घटनाको रहस्य खुलेको हो।

उक्त गाउँपालिकाको वडा नं ६ सालेवामा ११ वर्षीय बालिका रचना राई सुतेकै स्थानमा मृत फेला परेकी थिइन्। बालिकाको करणी गरि हत्या गरेको अभियोगमा नाताले मामा पर्ने संखुवासभाको खादवारी नगरपालिका २ वस्ने २० वर्षीय संजय राईलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रारम्भिक बयानको क्रममा अभियुक्त राईले आफुले करणी गरेको र बालिकाले वुवा, आमालाई सुनाउँछु भने पछि घाँटी थिचेर मारेको बताएका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए। अभियुक्त राई माथि म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। बेलुका सुतेकी वालिका भदौ ११ गते बिहान मृत फेला परेकी थिइन्।


सम्बन्धित शीर्षकहरु

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पाकिस्तान, टर्की र साउदी अरबबीच भएको त्रिपक्षीय सुरक्षा सम्झौता इरानविरुद्ध लक्षित नभएको बताएका छन्।…

बोगोटा, १० अगस्ट २०२६ — पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पूर्ण वार्ता नभई “आंशिक (semi-negotiating)” स्तरको संवाद मात्र भइरहेको बताएका छन्। उनले इरानमाथिको…

प्रतिकृयाहरू
...