Tuesday 23rd September 2025

कैलालीमा १४ वर्षे किशोरीलार्इ बलात्कार गर्ने पक्राउ


धनगढीमा बलात्कार गर्न खोज्ने युवालाई स्थानीयले प्रहरीलाई बुझाए

तितोपाटी – कैलालीको घोडाघोडीकी नगरपालिकामा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ की एक १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ३३ वर्षीय हर्क कुँवरलाई पक्राउ गरिएको हो । केही दिन अगाडी रातीको समयमा घरमा कोही नभएको अवस्थामा आफ्नै साथीकी छोरीलाई बलात्कार गरेको आरोप लागेका कुँवरलाई प्रहरीले समातेको हो ।

उनलाई लम्की स्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा हिँजो साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । पक्रउा गरिएका कुँवरलाई हिँजो नै धनगढी ल्याईएको छ ।

यता धनगढी उपमहानगरपालिका—६, जालीमा दुई बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक  युवालाई गाउँलेले नै समातेर प्रहरीलाई बुझाएका छन । हिँजो दिउँसोको समयमा एक १४ बर्षीया बालिकालार्इ बलात्कार गर्न खोजेको आरोपमा स्थानीय २२ वर्षीय अनिल चौधरीलाई स्थानीय वासिन्दाले समातेर प्रहरीको जिम्मा लगाएका हुन् । उनले घरमै नुहाउँदै गरेकी आफन्तकै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा समातिएको हो । उनलाई ७ दिनको म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...