तितोपाटी – शनिबार राति गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम तम्घासबाट नेटा दर्लिङ्गको लागि छुटेको लु१ज १९५७ नम्बरको जीप मालिका गाउँपालिका २ दर्लिङ्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रोशन खड्काले बताए ।
घाइतेमध्ये ५५ वषिर्य छबिकला पौडेल र ३८ वर्षीया रुन्जता घर्तीको पाल्पामा उपाचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले बताए ।
घाइतेमध्ये ११ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव १० मिटर तल खसेको थियो ।