Monday 2nd February 2026

किशोरीलार्इ बलात्कार गर्ने शिक्षकलार्इ सडकमा नांगै बनाएर परेड


तितोपाटी – बलात्कारको आरोपमा आन्ध्र प्रदेशका एक शिक्षकमाथि निर्घात कुटपिट भएको छ । दुई वर्षअघि आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लगाउँदै आक्रोशित समूहले उनलाई निर्वस्त्र बनाएर सडकमा परेड खेलाएको हो ।

पश्चिम गोदावरी जिल्लाका एक पैदलयात्रीले खिचेको भिडियोमा ४० वर्षीय शिक्षक रामबाबुलाई निर्वस्त्र पारेर सडकमा घिसारेको देखिन्छ ।

अंग्रेजीका शिक्षक रामबाबुले दुई वर्षअघि आफ्ना छात्रामाथि दुव्र्यवहार गरेको पीडित र उनीहरूका आफन्तले आरोप लगाएका छन् । उनले बलात्कार गरेकामध्ये एक छात्रा गर्भवती भएकी थिइन् ।

रामबाबुले ती छात्रालाई गर्भपतन गर्ने औषधि खुवाएका थिए । गर्भवती भएपछि छात्राका अभिभावकले बलात्कारबारे थाहा पाएका थिए । पछिल्लो समयमा शिक्षकको गर्भधारण गरेको बताइएकी छात्रा ब्लिडिङलगायतका गर्भवतीजन्य समस्याबाट पीडित थिइन् ।

आक्रोशित आफन्तले शिक्षकलाई घरबाटै लछारपछार गरेर निर्घात कुट्दै सहर परिक्रमा गरेर प्रहरी चौकीमा पु(याएका थिए । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा बलात्कारका घटनामा तीव्र वृद्धि भएको छ ।

आठ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा भारतको एक अदालतले दुईजनालाई मृत्युदण्डको सजाय तोेकेको छ । फास्ट ट्र्याक सुनुवाइअन्तर्गत उनीहरूलाई मृत्युदण्ड सजाय सुनाइएको हो ।

दुई महिनाअघि एक बालिकामाथि दुईजनाले सामूहिक बलात्कार गरेका थिए । बलात्कारका कारण गम्भीर घाइते बनेकी बालिकाको एक अस्पतालमा उपचार भइरहेको छ ।

विद्यालय सकिएपछि घर फर्किन अभिभावकलाई कुरिरहेका वेला २० र २४ वर्षका पुरुषले एकान्तमा लगेर उनलाई बलात्कार गरेका थिए । उनलाई अर्धचेत अवस्थामा स्थानीयले अस्पताल लगेका थिए ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...