Monday 5th October 2026

बिमस्टेकको शिखर सम्मेलन शुरू हुनै लाग्दा ग्रेटर नेपालका अध्यक्ष पक्राउ


तितोपाटी – ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले नेपाललाई चाबहिलबाट बिहीबार बिहान पक्राउ गरेको हो ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा नेपालले प्रदर्शन गर्नसक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपालले कालोझण्डा देखाएर प्रदर्शन गर्दै आइरहेका छन् । अघिल्लोपटक मोदीको भ्रमणमा यसैगरी प्रदर्शन गरेपछि उनलाई प्रहरीले पक्रेको थियो ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...