Thursday 23rd July 2026

भारतीय दूतावासले १९ तमिल युवालाई कुवेतबाट उद्धार गरयो


कुवेत सिटी, लामो समयदेखि ट्राभल एजेन्सीसँगको सम्बन्धका कारण कुवेतमा अप्ठ्यारो अवस्थामा फसेका तमिलनाडुका १९ युवाको भारतीय दूतावासको सहयोगी प्रयासमा अन्ततः उद्धार गरिएको छ । उनीहरु लाई विमानस्थलमा लिन त्यहाँका मुख्य मन्त्रि आफै उपस्थित भएका थिए ।

मासिक ६० हजार पारिश्रमिक सहित निशुल्क बास्न र खान दिने वाचा गरेर ट्राभल एजेन्सी मार्फत आउने प्रत्येकले एक–एक लाख रुपैयाँ बुझाएका थिए । तर, कुवेत पुगेपछि उनीहरूले ‘ठानेको स्वपना भूमी नरकमा परिणत भई दियो । उनीहरुको अपेक्षा चकनाचुर भयो। प्रतिज्ञा गरिएको पारिश्रमिकको सट्टा, उनीहरूले बास र खानाको आफ्नै खर्च बाट थप बोझ उठाउन परयो । उनीहरुले मासिक तबल पनि १८ हजार रुपैयाँ भन्दा धेरै पाएनन । यसबाहेक, एजेन्सीले उनीहरूमाथि लामो त्यही रकममा ८ घण्टा भन्दा धेरै समय काम लगाउथ्यो । आफू फसिएको मा उनीहरु निराश थिए ।
अवस्था बिग्रँदै गएपछि युवाहरूले एजेन्सीसँगको आफ्नो सम्झौताको दायित्वबाट मुक्त हुन खोजे तर उल्टै एजेन्सी ले संझौता खारेज गर्ने भए थप ६० हजार तिर्न पर्ने बतायो । गत जुनमा मामिलाले झन गाढा मोड लियो जब उनीहरूलाई भिसाको म्याद सकिएको र नविकरण भारु १,२५,००० रुपैयाँ लाग्ने जानकारी दियो, जुन उनीहरूले खर्च गर्न नसक्ने ठूलो रकम हो।

उक्त रकम तिर्न नसक्ने भए पछि उनीहरुको भिषा नविकरण भएन र उल्टै एजेन्सीले निर्दयी रूपमा उनीहरूको बिजुली र पानी आपूर्ति विच्छेद गरिदियो । यस्तो अवस्थामा ती युवाहरूले आफूलाई अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको नाजुक घडीमा उनीहरूले भारतीय दूतावासमा पुगेर आफूले भोगेको पीडादायी परीक्षा सुनाए।

तमिलनाडुका मुख्यमन्त्री एम के स्टालिनले यी १९ जना युवाको दुर्दशाप्रति ठूलो चासो देखाउँदै सक्रिय कदम चालेका थिए। उनले कुवेतस्थित भारतीय दूतावाससँग सम्पर्क गरी यी पीडित युवाको रिहाइलाई छिटो गर्न आग्रह गरेका गरे र अन्तत उनीहरुको उद्धार भयो ।
-Arabtimes


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...