Monday 26th October 2026

भारतीय दूतावासले १९ तमिल युवालाई कुवेतबाट उद्धार गरयो


कुवेत सिटी, लामो समयदेखि ट्राभल एजेन्सीसँगको सम्बन्धका कारण कुवेतमा अप्ठ्यारो अवस्थामा फसेका तमिलनाडुका १९ युवाको भारतीय दूतावासको सहयोगी प्रयासमा अन्ततः उद्धार गरिएको छ । उनीहरु लाई विमानस्थलमा लिन त्यहाँका मुख्य मन्त्रि आफै उपस्थित भएका थिए ।

मासिक ६० हजार पारिश्रमिक सहित निशुल्क बास्न र खान दिने वाचा गरेर ट्राभल एजेन्सी मार्फत आउने प्रत्येकले एक–एक लाख रुपैयाँ बुझाएका थिए । तर, कुवेत पुगेपछि उनीहरूले ‘ठानेको स्वपना भूमी नरकमा परिणत भई दियो । उनीहरुको अपेक्षा चकनाचुर भयो। प्रतिज्ञा गरिएको पारिश्रमिकको सट्टा, उनीहरूले बास र खानाको आफ्नै खर्च बाट थप बोझ उठाउन परयो । उनीहरुले मासिक तबल पनि १८ हजार रुपैयाँ भन्दा धेरै पाएनन । यसबाहेक, एजेन्सीले उनीहरूमाथि लामो त्यही रकममा ८ घण्टा भन्दा धेरै समय काम लगाउथ्यो । आफू फसिएको मा उनीहरु निराश थिए ।
अवस्था बिग्रँदै गएपछि युवाहरूले एजेन्सीसँगको आफ्नो सम्झौताको दायित्वबाट मुक्त हुन खोजे तर उल्टै एजेन्सी ले संझौता खारेज गर्ने भए थप ६० हजार तिर्न पर्ने बतायो । गत जुनमा मामिलाले झन गाढा मोड लियो जब उनीहरूलाई भिसाको म्याद सकिएको र नविकरण भारु १,२५,००० रुपैयाँ लाग्ने जानकारी दियो, जुन उनीहरूले खर्च गर्न नसक्ने ठूलो रकम हो।

उक्त रकम तिर्न नसक्ने भए पछि उनीहरुको भिषा नविकरण भएन र उल्टै एजेन्सीले निर्दयी रूपमा उनीहरूको बिजुली र पानी आपूर्ति विच्छेद गरिदियो । यस्तो अवस्थामा ती युवाहरूले आफूलाई अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको नाजुक घडीमा उनीहरूले भारतीय दूतावासमा पुगेर आफूले भोगेको पीडादायी परीक्षा सुनाए।

तमिलनाडुका मुख्यमन्त्री एम के स्टालिनले यी १९ जना युवाको दुर्दशाप्रति ठूलो चासो देखाउँदै सक्रिय कदम चालेका थिए। उनले कुवेतस्थित भारतीय दूतावाससँग सम्पर्क गरी यी पीडित युवाको रिहाइलाई छिटो गर्न आग्रह गरेका गरे र अन्तत उनीहरुको उद्धार भयो ।
-Arabtimes


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...