Tuesday 6th October 2026

नागरिकको दबावसँगै हरिवन नगरपालिकाद्वारा जग्गा करमा भारी कटौती


गुलाम नबि मन्सुर – नागरिकको दबावसँगै हरिवन नगरपालिकाले लगाएको जग्गा सम्पत्ति करमा भारी कटौती गरेको छ ।

जिल्ला मालपोत कार्यालयले जग्गामा तोकेको करमा न्यूनत्तम २५ प्रतिशतलाई मात्र आधार मानी जग्गाको सम्पत्ति कर असुल गर्ने हरिवन नगरपालिकाको आज बसेको कार्यपालिका बठैकले निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

जनताको मनोभावनालाई कदर गर्दै नगरपालिकाले वृद्धि गरेको जग्गा करमा २५ प्रतिशत मात्र लिने गरी ७५ प्रतिशत करलाई कटौती गरेको हरिवन नगरपालिकाका नगरप्रमुख गणेश प्रसाद प्रसाईले बताएका छन् । आफू जनताबाटै चुनिएर आएको हुँदा जनताको भावना विपरीत जान नसक्ने र जनताको मर्मलाई नगरपालिकाले समेत आत्मसाथ गर्दै वृद्धि गरिएको करमा भारी कटौती गरिएको नगरप्रमुख प्रसाईले दाबी गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...