Wednesday 17th September 2025

टर्कीमा रेसेप तैय्यप इर्दोगान तेश्रो कार्यकालको लागि राष्ट्रपति निर्वाचित


टर्कीको राष्ट्रपति चुनावमा रेसेप तैय्यप इर्दोगान तेश्रो कार्यकालको लागि निर्वाचित भएका छन् । सन् २०१४ पहिलो पटक टर्कीको राष्ट्रपति भएका उनी तेस्रो पटक उक्त पदमा निर्वाचित भएका हुन् ।

आइतबार भएको दोस्रो चरणको मतदानमा उनले ६ विपक्षी दलको गठबन्धनबाट उम्मेदवार बनेका केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । इर्दोगानले कुल खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गरे भने उनको प्रतिस्पर्धी केमालले ४७.८६ प्रतिशत मत पाएका छन् । मे १४ को पहिलो चरणको निर्वाचनबाट राष्ट्रपतिको टुंगो नलागेपछि दोस्रो चरणको मतदान भएको हो । उक्त चरणमा राष्ट्रपतिका कुनै पनि प्रतिस्पर्धीले ५० प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन् ।

इर्दोगानले २० वर्षयता टर्कीमा शासन गर्दै आएका छन् । यो निर्वाचनले आगामी ५ वर्षका लागि उनलाई झनै शक्तिशाली बनाएको छ । सन् २००३ मा उनले प्रधानमन्त्री सम्हालेका थिए ।


सम्बन्धित शीर्षकहरु

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

तितोपाटी- जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश…

नयाँ दिल्ली: भारतीय सुरक्षा बलले सोमबार भएको गोली हानाहानमा एक शीर्ष माओवादी कमाण्डर र दुई अन्य विद्रोहीलाई मारेको अधिकारीहरूले बताएका…

प्रतिकृयाहरू
...