Thursday 18th September 2025

टुक्का, छन्दः महालक्ष्मी -गुणनिधि घिमिरे


भ्यागुतो उफ्रियो तालमा
बग्न नै लाग्छ लौ छालमा

पौडिने उत्रिने चालमा
पर्छ है मर्छ है जालमा

सुन्दरी छेउमा हेर्दछिन्
सुस्तरी बस्त्र नै फेर्दछिन्

तालका माझमा पौडिई
पुग्दछिन् छेउमा दौडिई

भ्यागुतो हातमा लिँदछिन्
पातमा माकुरा दिँदछिन्

भ्यागुतो खाँदथ्यो माकुरा
फर्किई हेर्दथ्यो पाखुरा

आउँछिन् फर्किई छेउमा
राख्दछिन् भ्यागुतो लेउमा

फर्किई सुन्दरी ठाउँमा
बस्दिछन् मस्त भै गाउँमा

भ्यागुतो सुन्दरी व्याङका
पोखरी भित्रका ड्याङका

राज्यका नीतिका के कुरा
मस्त छन् पोखरीमै सुरा

कुर्सिका होडमा चल्दछन्
बृद्ध नै हेर के गल्दछन्

पौरखी पाखुरा भाग्दछन्
दिन्दिनै बाहिरै लाग्दछन्

गुणनिधि घिमिरे


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...