Friday 9th October 2026

दुबईको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु


दुबईको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार भारतीयसमेत रहेको बीबीसीले बताएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।

भवनको चौथो तलाबाट सुरु भएको आगो अन्य भागमा पनि फैलिएको थियो । खलिज टाइम्सले भारतीय सामाजिक कार्यकर्ता नसीर वतनापल्लीलाई उद्धृत गर्दै आगलागीमा परी मृत्यु भएका चार भारतीय मध्ये एक दम्पती पनि रहेको बताएको छ ।

दुबई सिभिल डिफेन्सका प्रवक्ताले प्रारम्भिक अनुसन्धानले भवनमा आगोबाट बच्ने पर्याप्त प्रबन्ध नभएको देखाएको जानकारी दिएका छन् । आगलागीबाट भवनमा भएको क्षतिबारे अनुसन्धान भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...