Sunday 28th December 2025

रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय


काठमाडौं – जनता समाजवादी पार्टीले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।पार्टीको केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताए । जसपा संसदीय दलको नेता समेत रहेका यादव बारा २ बाट निर्वाचित भएका थिए ।

सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति बनेको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । यादवलाई उपराष्ट्रपतिमा पठाएर उपनिर्वाचनबाट संसद भवन प्रवेश गर्ने अध्यक्ष उपेन्द्र यादवले तयारी गरेका छन् । जसपाले उपराष्ट्रपति पाउने सहमतिपछि अध्यक्ष यादवले उपनिर्वाचनको तयारी थालिसकेका छन् ।अध्यक्ष यादव मंसिर ४ को निर्वाचनमा सप्तरी २ मा जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।

-नेपालप्रेसबाट

 

 


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...