Wednesday 10th June 2026

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको तेश्रो अधिवेशन मार्च १७ मा हुने


कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव आगामी मार्च १७ तारिख हुने भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको आज बसेको बैकले तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव र विविध सांस्कृतिक कार्यक्रम आगामी मार्च १७ तारिखमा गर्ने निर्यण गरेको अध्यक्ष मान बहादुर फागामीले जानकारी दिएका छन ।

म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत म्याग्देलीहरुको साझा सस्था मोना कुवेतको स्थापना सन् २०१८ मा भएको हो । ‘प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्दै आएको छ ।

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई अधिवेशन समारोहमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको निम्ति मोना कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालको संविधान कार्यान्वयनको एक दशक पुग्न लाग्दा संघीय संरचनाको प्रभावकारिता र खर्चबारे बहस फेरि चर्किएको छ। यही सन्दर्भमा सार्वजनिक भएको…

अमेरिकाले दक्षिणी इरानका केही क्षेत्रमा हवाई आक्रमण गरेको करिब एक घण्टापछि इरानको युद्ध व्यवस्थापन निकायले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना…

कुवेतले नेपाल लगायत १० देशबाट मात्र घरेलु कामदार लिने भएको छ । कुवेतको गृह मन्त्रालयले घरेलु कामदार भर्ती सम्बन्धी नयाँ…

प्रतिकृयाहरू
...